उपनिर्वाचन : प्रहरीले हटायो आचारसंहिता विपरीतका प्रचार सामग्री  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उपनिर्वाचन : प्रहरीले हटायो आचारसंहिता विपरीतका प्रचार सामग्री 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ। निर्वाचन आयोगले बारा-२ मा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएर आचारसंहितामा कडाइ गरेको छ । 

जिल्ला आचारसंहिता अनुगमन समितिका अनुसार अनुगमनका क्रममा बजार लगायतका क्षेत्रमा आचारसंहिता विपरीत टाँगिएको तुल, ब्यानर, निर्वाचन चिह्न अङ्कित झण्डा हटाइएको छ ।  

बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्रप्रसाद कुशबाहा, नेकपा एमालेबाट नेता पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत ३६ जना चुनावी मैदानमा छन् ।

बारा-२ का लागि चुनाव खर्च अधिकतम २९ लाख रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस