बाजुरामा भेटियो एक बालकमा कालाजार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाजुरामा भेटियो एक बालकमा कालाजार


३० चैत्र २०७९, बिहिबार


बाजुरा । बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । गर्मीयाम सुरु भएसँगै कालाजारका बिरामी भेटिन थालेका हुन् ।

हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको हो । बालकमा कालाजारका साथै कुपोषण छ भने शरीरमा दुई प्वाइन्ट मात्र रगत छ ।

गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने गदैछ ।

गर्मीमा कालाजार, डेङ्गुलगायत रोगको जोखिम बढी हुने गरेको छ । योसँगै जिल्लामा कालाजारका बिरामीको सङ्ख्या पाँच पुगेको छ । यसअघि कोल्टीमा चार जनामा कालाजार भेटिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस