इन्डियन प्रिमियर लिग : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सलाई ३ रनले पराजित गर्दै रोमाञ्चक जित हात पार्न सफल भएको छ ।

बुधबार राति भएको खेलमा रोयल्सले चेन्नाइलाई ३ रनले पराजित गर्दै रोमाञ्चक जीत हात पार्न सफल भएको छ । यो जीतसँगै रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाएको थियो ।

त्यस्तै, चेन्नाईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । अजिक्का राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाएका थिए ।

रविन्द्र जडेजाले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २५ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २र२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस