अमेरिका र कोरिया पठाइदिन्छु भनी करोडौँ रकम ठगी गर्ने राणा पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

अमेरिका र कोरिया पठाइदिन्छु भनी करोडौँ रकम ठगी गर्ने राणा पक्राउ


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । अमेरिका र कोरिया पठाइदिन्छु भनी करोडौँ रकम ठगी गर्ने काठमाडौँको बुढानीलकण्ठ नगरपालिका कपनमा बस्दै आएका वर्ष ४२ का पवन राणा पक्राउ परेका छन् । 

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मङ्गलवार पक्राउ गरेको हो ।

राणाले रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भनी सयौँ व्यक्तिहरूलाई विश्वास दिलाई प्रलोभनमा पारी करोडौँ रुपैयाँ ठगी गरेर फरार रहेको वैदेशिक रोजगार विभागबाट भएको पत्राचार अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस