नेपाल खुला विश्वविद्यालयमा डीन नियुक्ति « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाल खुला विश्वविद्यालयमा डीन नियुक्ति


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ। नेपाल खुला विश्वविद्यालयमा डीन नियुक्त गरेको छ । विश्वविद्यालयले डीन विहीन भएको १९ महिनापछि तीनै सङ्कायमा डीन नियुक्त गरेको हो ।

व्यवस्थापन तथा कानुन सङ्कायमा प्रा.डा.अरहण स्थापित, विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायमा प्रा।डा।केदार प्रसाद रिजाल र समाजिक विज्ञान तथा शिक्षा सङ्कायमा डा.खगेन्द्र प्रसाईँ नियुक्त भएका छन्।

२०७८ साल भदौदेखि व्यवस्थापन तथा कानुन सङ्काय र समाजशास्त्र तथा शिक्षा सङ्काय डीनविहीन भएको थियो भने २०७८ पुसयता विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय पनि डीनविहीन बनेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस