पुरानो अडियो ल्याएर पार्टीलाई बदनाम गराउन खोजियो : ढाकाकुमार श्रेष्ठ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पुरानो अडियो ल्याएर पार्टीलाई बदनाम गराउन खोजियो : ढाकाकुमार श्रेष्ठ


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बदनाम गराउन खोजेको बताएका छन् ।

उनले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताए उनको  जिकिर छ। 

बुधबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अडियो अहिलेको नभएको बताएका दाबी गरे । माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । 

तीन निर्वाचन क्षेत्रमा पार्टीलाई पराजित गर्नका लागि अहिले अडियो सार्वजनिक गरिएको श्रेष्ठको दाबी थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस