गण पूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

गण पूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । सांसदको गणपूरक संख्या नपुग्दा बुधबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

संसद सचिवालयले गणपूरक संख्या यकिन गर्दा जम्मा ६१ जनामात्र उपस्थित रहेको पाइएको छ ।

अब अर्को बैठक वैशाख ३ गते बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस