प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनले दियो अल्टिमेटम « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनले दियो अल्टिमेटम


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन नेपाल बार एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ । 

आज पत्रकार सम्मेलन गर्दै एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्री, सभामुख लगायतको पटक-पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइएको भन्दै एसोसिएसनले अब भने त्यो सह्य नहुने उनले बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस