संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने मन्त्री मोदीको तयारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने मन्त्री मोदीको तयारी 


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिएको छ । 

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिएको बताएका हुन् ।

अहिले देखिएका समस्या समाधान गर्ने गरी ऐन ल्याउन आफू लागिपरेको भन्दै उनले त्यो ऐन संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको जनाए ।

उनले उक्त ऐन आफूले कानुन र अर्थ मन्त्रालयमा पठाइसकेकोसमेत बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस