काठमाडौँ । आगामी वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अङ्क अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय भएको छ।
बुधवार बसेको बैंकर्स सङ्घको बैठकले यस्तो निर्णय गरेको हो ।
मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको सङ्घले जनाएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ ।
यस्तै, साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति गरेका बैङ्कहरूले कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर निर्धारण गर्ने निर्णय भएको सङ्घको भनाई छ ।