रोकियो उद्योग वाणिज्य महासङ्घको मतदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रोकियो उद्योग वाणिज्य महासङ्घको मतदान


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान रोकिएको छ ।

जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो ।

निर्वाचन समितिका अधिकारीहरू आएर होहल्ला गर्नेहरूलाई हटाएका छन् र मतदान स्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ ।

महासङ्घको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो ।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ ।

महासङ्घको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस