आइपीओ जारी गर्दै मेन्छियाम हाइड्रोपावर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आइपीओ जारी गर्दै मेन्छियाम हाइड्रोपावर


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । मेन्छियाम हाइड्रोपावरले आगामी वैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो।

९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस