सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस