धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण गर्ने सहमति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण गर्ने सहमति


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सहमति भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रबिना राज सिंहले संयुक्त रूपमा हस्ताक्षर गरी मिर्गौला प्रत्यारोपणका लागि सहमति जनाएका हुन् । 

उनीहरुबीच मस्तिष्क मृत्यु पश्चात् हुने अङ्गदान र अङ्ग प्रत्यारोपण गर्ने पनि सहमति भएको छ । प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधार निमार्ण गर्ने र कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धिका लागि तालिममा पठाउने सहमति भएको छ ।  

केन्द्रको पहलमा यसअघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस