मताधिकार नदिएको भन्दै सर्वोच्चमा रिट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मताधिकार नदिएको भन्दै सर्वोच्चमा रिट


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । विदेशमा रहेका नेपालीले निर्वाचनमा भाग लिने व्यवस्था मिलाउन सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश बेवास्ता गरी अपहेलना गरेको भन्दै रिट दर्ता भएको छ ।

नन्दराज उपाध्यायले अदालतको आदेशलाई बेवास्ता गरी वैशाखमा स्थानीय तहको निर्वाचन तथा मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशमा रहेका नेपालीले सहभागी हुन नपाएको भन्दै मङ्गलवार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतले ०७४ चैत ७ गते विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराउने गरी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइ परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस