मेरो प्रतिस्पर्धी नै छैन, अत्यधिक मतले जित्छु : उपेन्द्र यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेरो प्रतिस्पर्धी नै छैन, अत्यधिक मतले जित्छु : उपेन्द्र यादव


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् ।

बारा-२ का उम्मेदवार रहेका अध्यक्ष यादवले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे । उनले भने, ‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’

घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले यहाँका किसानका लागि सिँचाइ र मल खादको समस्या रहेको बताए । यहाँ कृषिमा मात्र होइन, सडक, बाटो घाटो, खानेपानी, शिक्षा स्वास्थ्यको अवस्था पनि त्यस्तै देखिएको बताए । बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने यादवले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस