काँग्रेस भित्रको झगडाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन् : देवेन्द्र पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस भित्रको झगडाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन् : देवेन्द्र पौडेल


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले काँग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताएका छन् ।

पूर्व शिक्षा मन्त्रीसमेत रहेका पौडेलले काँग्रेसले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद् पूर्णता पाउन नसकेको बताएका हुन् ।

अहिले ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । अब मन्त्रिपरिषद्को पूर्णता आगामी वैशाख १० गतेको उपचुनावपछि हुन सक्ने पौडेलले बताए ।

उपनिर्वाचनका कारण प्रधानमन्त्रीले पर्याप्त छलफल गर्न नपाएकाले तत्काल मन्त्रिमण्डल विस्तार नहुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस