उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन गरेको छ ।

बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयम् सेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गरेका थिए ।

निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती मतदाता शिक्षा स्वयम् सेवकले मतदातालाई सही रूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिने छन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक एक हजार भत्ता दिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस