स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापनाको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापनाको तयारी


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सातै प्रदेशमा अनुसन्धान केन्द्रहरू स्थापना गरी अनुसन्धानको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा जारी वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै सचिव डा.पोखरेलले यस्तो बताएका हुन् ।

उनले अनुसन्धानका शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि जानकारी दिए ।

उनले भने, ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा विस्तार गर्नुपर्छ। त्यसका लागि मन्त्रालय लागिपरेको छ। हामीले प्रादेशिक रूपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यकता हो। त्यसका लागि हामी गहन छलफल छौँ । कोरोना कालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ। अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ। हाम्रा नीतिहरू त्यसैअनुरूप अघि बढ्नु आवश्यक छ।’

Tags :
प्रतिक्रिया दिनुहोस