बाँकेकाे बकसपुर बस्तीमा आगलागी : ४ घर जलेर नष्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेकाे बकसपुर बस्तीमा आगलागी : ४ घर जलेर नष्ट


२८ चैत्र २०७९, मंगलबार


खजुरा । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी हुँदा ४ घरमा पूर्ण रूपमा जलेका छन् भने दुई घरमा सामान्य क्षति भएको छ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवका अनुसार सोमबार दिउँसो लागेको आगो बेलुकी मात्र नियन्त्रणमा आएको थियो।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीन वटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो नियन्त्रणमा लिएको थियो।

खरानीसँगै फालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

आगलागीका कारण विस्थापित भएका पीडितलाई तत्कालका लागि खाद्य सामग्री उपलब्ध गराएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस