‘प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको संख्या कटौती गर्नुपर्ने प्रस्ताव’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको संख्या कटौती गर्नुपर्ने प्रस्ताव’


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य संख्या धेरै भएको बताएका छन् । सांसद देवकोटाले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव समेत राखेका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेश सभालाई तीन सय ३० बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेश सभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो।

उनले भने, ‘दुई सय ७५ जनाको प्रतिनिधिसभा र पाँच सय ५० जनाको प्रदेश सभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः एक सय ६५ र तीन सय ३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन । र, एक सय ६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौंमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्योचाहिँ धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन । ’

Tags :
प्रतिक्रिया दिनुहोस