दुई लघुबीमाले पाए लाइसेन्स « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दुई लघुबीमाले पाए लाइसेन्स


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । दुई लघु बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले दुई लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । लघुबीमा कम्पनी सञ्चालनको सैद्धान्तिक सहमति पाएका ७ कम्पनी मध्ये २ कम्पनीले मात्रै लाइसेन्स पाएका हुन् ।

त्यस्तै, प्राधिकरणले सोमबार थप दुई कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जनाएको छ ।

गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेनसका साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्राधिकरणले तोकिएको पूँजी पुर्‍याएका छन् । सोमबार बसेको सञ्चालक समिति बैठकले यी दुई कम्पनीलाई पनि लाइसेन्स वितरण गर्ने निर्णय हुने प्राधिकरण स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस