फोहोर उठाइदिन राष्ट्रपति कार्यालयको अनुरोध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फोहोर उठाइदिन राष्ट्रपति कार्यालयको अनुरोध


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति कार्यालयले फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोहोर उठाइदिन अनुरोध गरेको छ ।

शीतल निवास वरपरको क्षेत्रबाट फोहोर सङ्कलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले सोमबार टेलिफोन गरेर फोहोर उठाइदिन अनुरोध गरेको हो ।

महानगरले फोहोर मैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ नलैजान निर्देशन दिएपछि फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले बताए । सञ्चालक घिमिरेले भने, ‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउन महानगरका मेयरको निर्देशनले उठाएका छैनौँ ।’

काठमाडौँ महानगरका मेयर बालेन साहले सिंहदवारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरवारभित्रका कार्यालयबाट पनि फोहोर उठ्न सकेको छैन ।

महानगरले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने सङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस