तनहुँ-१ की राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर, ३ दिन कैद सजाय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

तनहुँ-१ की राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर, ३ दिन कैद सजाय


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छन् । उनले तनहुँ-१ को उपनिर्वाचनमा उम्मेदवारी दिएकी छन् ।

उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको छ।

न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश दिएको छ ।

थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत गरिएको छ । उनले यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिन भने पाउँछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस