२ करोडको अडियो बारे रविले भने : कारबाही गर्न नसके मलाई गढीमाईमा बलि चढाइदिनु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

२ करोडको अडियो बारे रविले भने : कारबाही गर्न नसके मलाई गढीमाईमा बलि चढाइदिनु


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो बारे छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

आइतबार अपराह्न बाराको चुनावी सभालाई सम्बोधन गर्दै रविले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टा मात्र बाँकी छ । यो ७० घण्टामा सत्य तथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

Tags :
प्रतिक्रिया दिनुहोस