तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

गुप्ताको साथमा १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको र त्यो सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरी साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले दाबी गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

१ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको बिगो कायम गरी कानूनबमोजिम गुप्ता तथा उनकी श्रीमती उषा गुप्ताको नाममा हाल कायम सम्पत्तिबाट जफत गर्न पाउँ भन्ने अख्तियारको दाबी छ ।

२०५१ सालामा सार्वजनिक सेवा प्रवेश गरेका गुप्ताले गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन गरेको प्रवक्ता भोला दाहालले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस