सरकार लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थ सचिव राया « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकार लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थ सचिव राया


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । अर्थ सचिव तोयम रायाले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न नसकिने बताएका छन्। रोजगारीमा आबद्ध हरेक नागरिक अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जरुरी रहेको भन्दै उनले साधारण खर्च बढ्दै जाँदा धान्नै नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

आर्थिक पत्रकार सङ्घसँगको भेटका क्रममा सचिव रायाले योगदानविना अर्बौँ रुपैयाँ सामाजिक सुरक्षा भत्ताको रूपमा लामो समयसम्म दिन सक्ने अवस्थामा सरकार नरहेको भनेका हुन् ।

सचिव रायले भने, ‘यसरी अर्बौँ रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ। त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ ।’

सरकारले वार्षिक रूपमा करिब एक सय अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको बताउँदै राज्य कोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको सचिव रायाको भनाई छ ।

सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भएकोले रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको जिकिर गर्दै सचिव रायाले यसो गर्न सके सामाजिक सुरक्षाको दायित्व घट्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस