लेखराज भट्टको घर ४० वर्षदेखि आफ्नो पनि भएको प्रधानमन्त्री प्रचण्डको दाबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लेखराज भट्टको घर ४० वर्षदेखि आफ्नो पनि भएको प्रधानमन्त्री प्रचण्डको दाबी


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेका छन्।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका थिए ।

केहीबेर भट्ट निवासमा बिताएका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँगको प्रतिक्रियामा भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताए ।

‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो,’ उनले भने ।

उनले भट्टसँग समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताए । नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए । उनी सुदूरपश्चिममा प्रचण्डका विश्वासपात्र मानिन्थे ।

प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस