एमाले सचिव भट्टको निवासमा पुगे प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले सचिव भट्टको निवासमा पुगे प्रधानमन्त्री प्रचण्ड


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न आइतबार उनकै निवास पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ ।

पूर्वमाओवादी नेता भट्ट नेकपा भङ्ग भएपछि एमालेतिर लागेका थिए । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रूपमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस