जुम्लामा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जुम्लामा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मान गरेको छ ।

दलित मुक्ति मोर्चाले जिल्ला सम्मेलनको क्रममा उनीहरूलाई सम्मान गरेको हो ।

विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गरेका कारण उनीहरूको हौसला बढाउन उनीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित जोडीले यो सम्मानले आफ्ना परिवारलाई थप हौसला प्रदान गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस