‘इन्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘इन्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ’


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् ।

उनले नेपाल कहिले स्वाधीन हुने भन्दै प्रश्न समेत गरेका छन् । आफ्नो अस्तित्व कहिले बनाउने भन्दै लाज लाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘ चीन र भारतले बनाएको सरकारको इज्जत गर्दिन म नेपाल स्वाधीन कहिले हुने? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

यसअघि मेयर साहले सिंहदरवारको फोहोर नउठाउने भन्दै त्यहाँका नेतालाई नै सिसडोलमा फाल्नुपर्ने समय आएको बताएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ आज बाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस