‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकार बन्छ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकार बन्छ’


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन्।

शनिबार नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताए।

‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ। जहाँजहाँ त्यो काम गर्न बाँकी छ। चरणबद्ध प्रक्रियामा छ’, उनले भने।

खड्काले कर्णाली प्रदेश पनि सोही प्रक्रियामा रहेको बताए। उनले के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस