पेरिस ओलम्पिक छनोट : आज नेपाल र भियतनाम भिड्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पेरिस ओलम्पिक छनोट : आज नेपाल र भियतनाम भिड्दै


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा घरेलु टोली नेपालले भियतनामसँग खेल खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो । भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ ।

छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेको छ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस