रक्षामन्त्री खड्काद्वारा जङ्गी अड्डाको निरीक्षण भ्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रक्षामन्त्री खड्काद्वारा जङ्गी अड्डाको निरीक्षण भ्रमण


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

जङ्गी अड्‌डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिबारे जानकारी गराएका थिए ।

रक्षामन्त्री खड्काले नेपाली सेना सधैँ नेपाली जनताको शिर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था भएको प्रशंसा गर्दै देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरूपको सन्तुलित व्यवहार गर्न जरुरी रहेको बताए ।

वर्षौँदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्जालमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, विभिन्न विपद् प्रतिकार्य तथा कोभिड महामारीको दौरान नागरिकको उद्धारमा खटिएको भन्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले प्रशंसासमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस