काँग्रेसद्वारा भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसद्वारा भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी


२४ चैत्र २०७९, शुक्रबार


तनहुँ । नेपाली काँग्रेस भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ।

नगरपालिका अन्तर्गत रहेको शिक्षा शाखामा लामो समयदेखि विभेदकारी शैली, अनियमितता र मनपरी हर्कत देखिएको भन्दै काँग्रेस नगर कार्य समिति भिमादले तालाबन्दी गरेको हो ।

शक्ति र सत्ताको आडमा मनपरी गर्नेका विरुद्धमा उभिँदै त्रुटि सच्याउनका लागि दबाब स्वरूप शिक्षा शाखामा तालाबन्दी गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस