सुकुम्वासी बस्तीका बासिन्दाले रोके महानगरको डोजर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुकुम्वासी बस्तीका बासिन्दाले रोके महानगरको डोजर


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौँ महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुङ्गा थुपारेर बाटो छेकेको हो ।

बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

तर महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । महानगर प्रहरीले नदी किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकामा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस