गगन थापाको प्रश्न : नेपालका सबै सूचना टर्की पुर्‍याउने गरी टेरामिक्स प्रविधि किन भित्र्याइयो ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गगन थापाको प्रश्न : नेपालका सबै सूचना टर्की पुर्‍याउने गरी टेरामिक्स प्रविधि किन भित्र्याइयो ?


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दूरसञ्चार प्राधिकरणले नेपालका सबै सूचना टर्की पुर्‍याउने गरी टेरामिक्स नामको प्रविधि खरिद गरिएकोमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै थापाले दूरसञ्चारसम्बन्धी कानुन नबन्दै सबै सूचना नेपालबाहिर पुर्‍याउने गरी प्रविधि भित्र्याउन हतारिनु ठिक नभएको बताएका हुन् ।

उनले भने, ‘नेपाल दूरसञ्चार प्राधिकरणले यो कानुन बन्नुभन्दा पहिल्यै टेरामिक्स भन्ने प्रविधि भित्र्याएको छ । यो प्रविधि भित्र्याइसकेपछि मात्रै हामी कानुनमा छलफल गर्दै छौँ । यो कार्यान्वयनमा जाँदै छ । तर अब हामीले फोन गर्दा, मेसेज गर्दा कसले कहाँबाट कुरा गर्दै छ ? कोसँग कुरा गर्दै छ ? यतिसम्म कि म्यासेजको कन्टेन्टसमेत नेपालमा होइन, विदेशमा पुग्दै छ । म सरकारलाई सोध्न चाहन्छु, कि हामीलाई यस्तो आवश्यकता किन पर्‍यो ? यो निर्णय किन गरिँदै छ ? विधेयक आइसकेपछि यदि यस्तो प्रविधि चाहिएको भए त्यसमा छलफल गर्न सकिन्थ्यो । तर, यसमा हतार किन गरिएको छ ?

उनले फोनमार्फत सबै सूचना टर्कीमा रहेको कम्पनीले प्राप्त गर्ने हुँदा त्यस्तो प्रविधि भित्र्याउँदा नेपाललाई नोक्सानी हुन सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस