स्वर्णिमलाई शेखरको कटाक्ष : अवसरवादीहरूबाट जोगिनुहोस् « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

स्वर्णिमलाई शेखरको कटाक्ष : अवसरवादीहरूबाट जोगिनुहोस्


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।

शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै यस्तो कटाक्ष गरेका हुन्।

उनले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला। अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ। तपाईँहरू पनि सवधान हुनुस्, मैले भन्ने यति हो।’

उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरू सावधान हुनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस