विदेशमा मृत्यु भएका नेपालीको बीमा रकम मिलाई दिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकम मिलाई दिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ


२४ चैत्र २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीन भवनको टोलीले ७ जनालाई पक्राउ हो ।

पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी समेत रहेका छन् ।

पक्राउ पर्नेमा अन्यमा रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पनि छन् । उनीहरूको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरूको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस