प्रधानमन्त्रीको निर्देशनमा अस्कल क्याम्पसको स्ववियु चुनाव स्थगित गरिएको आरोप « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्रीको निर्देशनमा अस्कल क्याम्पसको स्ववियु चुनाव स्थगित गरिएको आरोप


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा अस्कल क्याम्पसको स्ववियु चुनाव स्थगित गरिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उच्च अदालत पाटनको आदेशपछि आजका लागि तोकिएको चुनाव अनिश्चित कालका लागि रोकिएको बताए ।

उनले भने, ‘सरकारको निर्देशनमा चुनाव रोकिएको छ । प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुनुहुन्छ । उहाँको निर्देशनमा गृहमन्त्रीले सुरक्षाकर्मीलाई अस्कल क्याम्पसमा पठाएर निर्वाचन स्थगित गर्ने काम गरियो।’

बर्तौलाले भोलि पाटन क्याम्पसमा यस्तै हुने भन्दै आफूनिकट विद्यार्थी हार्ने डरले चुनाव रोक्न सरकार लागिरहेको आरोप पनि लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस