राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र लिन गृहको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र लिन गृहको आग्रह


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शीतल निवास आउजाउ गर्न प्रवेश पत्र लिन आग्रह गरेको छ ।

गृहले आज(शुक्रबार)देखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शीतल निवास प्रवेश गर्ने पत्र लिन आग्रह गरेको हो ।

संविधान दिवसको अवसरमा घोषित मानपदवी आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने कार्यक्रम तय भएको छ। सो समारोहमा विभूषित हुनेहरूका लागि गृहले सो प्रवेश पत्र लिन सूचना जारी गरेको हो ।

गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई शीतल निवास महाराजगञ्जमा वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस