ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ ।

लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।लिगको छैटौं चरणको अन्तिम खेल अन्तर्गत रहेको मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मनाङ आज चौंथो जितको योजनामा हुनेछ । मनाङ ५ खेलमा ११ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स दोस्रो जितको खोजीमा रहेको छ । फ्रेन्ड्स ४ अङ्क जोडेर १२ औं स्थानमा छ ।

यस्तै एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको सातौं चरण अन्तर्गत रहेको दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ६ खेलमा ६ अङ्क जोडेर ११ औं स्थानमा छ । जावलाखेल पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल ६ खेलमा १३ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस