हामी आगामी बजेट निर्माणमा जुटेका छौँ : अर्थमन्त्री « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

हामी आगामी बजेट निर्माणमा जुटेका छौँ : अर्थमन्त्री


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले रकमान्तरको तीव्र दबाब झेलिरहेको बताएका छन् ।

बिहीबार आर्थिक पत्रकार समाज सेजनसँगको अन्तरक्रियाका बोल्दै उनले एकातर्फ विनियोजित कार्यक्रमरआयोजनाले बजेट खर्च गर्न नसक्ने र अर्कोतर्फ नयाँ नयाँ कार्यक्रम सिर्जना गरी आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति पुरानै भएको बताए । यसलाई नियम कानुनकै कारण कडाइ गर्न नसकिएको उनको भनाइ छ ।

अर्थमन्त्री महतले भने, ‘रकमान्तरको प्रेसर धेरै छ, दिन सकिने नियम पनि छ, कतिसम्म भने यसका लागि हाम्रै निकायहरू ठेलमठेल गरिरहेको जस्तो लाग्छ ।’ अर्थ मन्त्रालय आगामी बजेट निर्माणमा जुटेको पनि उनले जानकारी दिए ।

उनले वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधानमा केन्द्रित हुने र तत्कालका लागि भने सख्त रूपमा अनावश्यक खर्च कम गर्ने, पुँजीगत खर्च बढाउने र नतिजा आउने काममा बजेट खर्च गर्ने काममा मन्त्रालय केन्द्रित रहेको

उनले अहिले आन्तरिक मागमा कमी आएको र यसले व्यवसायको मनोबल गिरेको स्वीकारेका छन् । यस वर्ष केही निरङ्कुश भएर काम गर्न सकियो भने अर्को वर्ष सुधारका धेरै काम गर्न सकिने उनको विश्वास छ । विगतमा अनावश्यक रूपमा स्रोत सुनिश्चितता दिने प्रवृत्तिलाई अब कडाइका साथ रोकिने उनले बताए ।

हरेक वर्ष राजस्वले लक्ष्य भेट्ने र नजिक नजिक पुग्ने गरेकोमा यो वर्ष त्यो लक्ष्य पुरा नहुँदा बजारमा अलि बढी समस्या हो कि भन्ने भान परेको पनि उनले बताए । यद्यपि आत्तिइहाल्नु पर्ने अवस्था भने नरहेको भन्दै आफू यसको निदानमा लागेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस