सिङ्गो देशलाई उपेन्द्र यादवको आवश्यकता छ : माधव नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिङ्गो देशलाई उपेन्द्र यादवको आवश्यकता छ : माधव नेपाल


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिङ्गो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन्।

जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औँल्याएका हुन्।

बाराको क्षेत्र नंं-२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए। बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन्।

जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपिल गर्दै नेता नेपालले भने, ‘सिङ्गो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पङ्क्ति एवं सिङ्गो बारावासीलाई आग्रह गर्दछु।’

Tags :
प्रतिक्रिया दिनुहोस