२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ ।

राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस