दुई करोड बढी मूल्यको दुई ट्रक सामान बरामद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुई करोड बढी मूल्यको दुई ट्रक सामान बरामद


२२ चैत्र २०७९, बुधबार


वीरगन्ज । राजश्व छलेर भित्र्याइएको आशङ्कामा वीरगन्जबाट प्रहरीले दुई रोडभन्दा बढी मूल्यको सामानसहितका दुई ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडक खण्डबाट बुधबार प्रहरीले दुई करोड २६ लाखभन्दा बढी मूल्यका सामान लोड गरिएका दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट मालसामान बोकेर कलैया र विराटनगर जाँदै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरको ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा दुवै ट्रकबाट शृङ्गारका सामग्री, हार्डवेयर,औषधि लत्ताकपडा गरी २करोड २६ लाख ८ सय २३ रुपैयाँ मूल्यको सामान बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

ती दुवै ट्रकमा बिलबिजकभन्दा बढी मूल्यको सामान भेटिएपछि मालसामानसहितका दुवै ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस