अर्थमन्त्री डा. महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री डा. महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थम्पसन्बीच छलफल भएको मन्त्री डा. महतले बताए ।

मिलेनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा. महतले बताए ।

अर्थमन्त्री डा. महतले भने, ‘नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्त्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ ।’

सो भेटका क्रममा अमेरिकी सरकारको अनुदान सहयोगका लागि मन्त्री डा. महतले राजदूत थम्पसन्लाई धन्यवाद दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस