चर्च ब्वाइजका मुख्य प्रशिक्षकले छाडे क्लब « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चर्च ब्वाइजका मुख्य प्रशिक्षकले छाडे क्लब


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले क्लब छाडेका छन् ।

नेपाली मूलका अमेरिकन नागरिक हुमागाईंले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट)लिनुपर्नेमा तर यो प्राप्त गर्न नसकेपछि क्लब छाडेका हुन् ।

लिगको छैटौं चरणसम्म भने उनले वर्क परमिटबिनै क्लबमा काम गरिरहेका थिए । उनले बुधबार सामाजिक संजालबाट मुख्य प्रशिक्षक छाडेको बताएका छन् । उनले क्लब, खेलाडी र फुटबलसँग नेपाली खेल मैदानमा सँगै जोडिन नपाउँदा खल्लो महसुस भएको बताएका छन् ।

सामाजिक संजालमा भनेका छन्, ‘नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘क्लब, खेलाडी र फुटबलसंग नेपाली खेल मैदानमा संगै जोडिन नपाउदा खल्लो अनुभूति भएपनि मेरो मन,मस्तिष्क र हृदय भरि नेपाली फुटबलको उज्जवल भविष्य र सफलता सधै रहिरहेको र रहिरहनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस