विश्वकप छनोट प्लेअफ : आज अन्तिम दुई खेल हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विश्वकप छनोट प्लेअफ : आज अन्तिम दुई खेल हुँदै


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ। नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज अन्तिम दुई खेल हुदैछ।

नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ । वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा जर्सी र युएईबीच खेल हुदैछ ।

युएईलाई अर्को चरण अर्थात् विश्वकप छनोटमा स्थान बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । यदि युएई पराजित भएमा नामिबियाले विश्वकप छनोटमा स्थान बनाउने छ ।

जर्सीको भने विश्वकप छनोटको सम्भावना सकिसकेकोले आजको खेल फराकिलो अन्तरमा जितेर एक दिवसीय अन्तराष्ट्रिय मान्यता लिने झिनो सम्भावना कायमै राख्न चाहन्छ ।

आज नै हुने अर्को खेलमा क्यानडा र पपुवा न्युगिनी(पीएनजी)खेल्दै छन् । खेल नामिबियाको युनाइटेड क्रिकेट मैदानमा हुनेछ ।

आजको खेल जितेर क्यानडा एक दिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्ति सुनिश्चित गर्न चाहन्छ । अङ्कविहीन रूपमा प्रतियोगिताबाट बाहिरीसकेको पीएनजी अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।

दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस