निजामती कर्मचारीलाई विवाह बिदा दिने प्रस्ताव  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजामती कर्मचारीलाई विवाह बिदा दिने प्रस्ताव 


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । संघीय सरकारले निजामती कर्मचारीलाई विवाह बिदा दिने प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा राय-सहमतिका लागि पठाएको ऐनको मस्यौदामा विवाह बिदा दिने भनेको छ । 

सिंहदरवार उच्च स्रोतबाट प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विधेयकको मस्यौदाको दफा १२३ मा निजामती कर्मचारीले पाउने बिदा अन्तर्गत ‘छ’ मा विवाह बिदा उल्लेख छ । 

यसअघि भैपरी आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा र असाधारण बिदा दिँदै आएकोमा नयाँ बन्ने संघीय निजामती सेवा ऐनमा विवाह बिदासमेत थप गरिएको हो । 

नेपाल स्वास्थ्य सेवाका कर्मचारीले भने माथिका बिदाबाहेक तोकिए बमोजिमको सट्टा बिदासमेत पाउने भनिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस